अठार पुराणको सार के हो ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 10, 2020

अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् ।
परोपकारः पुण्याय पापाय परपीडनम् ।।
–महर्षि व्यास

परोपकारले पुण्य र परपीडनले पापकर्मको अभिवृद्धि हुन्छ । यो अठारपुरणणको सार व्यासले बताएका छन् ।

पाँचौ वेदका रूपमा लिईने महापुराणको संख्या अठार रहेको छ । हरेक पुराणमा विशद् ज्ञानको चर्चा परिचर्चा विभिन्न आख्यान उवं उपाख्यानमार्फत् गरिएको छ । भिन्न भिन्न पुरणले भिन्न भिन्न विषवस्तुमाथि प्रकाश पारेका भए पनि सम्पूर्ण पुराणको निचोड –परपोकले पुण्य र परपीडाले पापकर्मको अभिवृद्धि गराउछ भन्ने रहेको छ ।


परोपकार भनेको अरुको भलो हुने कार्य हो । अरुलाई पनि आफूजस्तै देख्नसक्ने समदर्शी एवं उपकारी भावलाई परोपकारी भनिएको छ । अरुको कल्याण हु्ने कार्यमा लाग्नु नै परोपकार हो । जो व्यक्ति अरुलाई दुःख दिने कार्यमा लग्दछन् यस्ताको केवल पापकर्ममा मात्र वृद्धि हुने गर्दछ । सत्यको मार्गमा लाग्नु पुण्य कमाउनु हो भने कुभलो चिताउनु पाप कर्म हो । सम्पूर्ण पुराणले पनि यही पाप र पुण्यको चर्चा गरेका छन् । पपकर्मले भोग्नुपरेका पीडा र पुण्यकर्मले प्राप्त सुखानुभूतिको व्याख्या नै पुराणमा गरिएको छ । अतः जीवनउपयोगी पुण्यआर्जनका लागि हामी पनि सत्कार्यमा लाग्नुपर्दछ भन्ने आजको नीतिवचन मननीय छ ।