काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल पक्राउ


हरेकपल March 10, 2020

काठमाडौं, २७ फागुन । एपेक्स बैंक घोटला काण्डमा मुछिएका ठेकेदार मनोज भेटवाललाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ।

प्रहरीको खोजी सूचीमा रहेका भेटवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
प्रहरीको खोजी सुचिमा रहेका भेटवाललाई दिल्लीबाट काठमाडौं आएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो। प्रहरीले उच्च अदालत पाटनबाट अनुमति लिएर नियन्त्रणमा लिएको जनाएको छ।

भेटवाल पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार पनि हुन्।