पार्टी फुट्छ कि भन्ने आशंका नलिन आग्रह गर्दै कमल थापाले भने– अब राप्रपा वैकल्पिक शक्ति


हरेकपल March 10, 2020

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले एकीकरणपछि पार्टी फुट्छ कि भन्ने आशंका नलिन आग्रह गरेका छन् ।

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा बोल्दै अध्यक्ष थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाए ।

उनले भने, ‘पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ । अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी अगाडि बढ्नुपर्छ ।’

पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उद्दार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने अध्यक्ष थापालको विश्वास थियो ।

राप्रपा अब तेस्रो शक्ति बन्ने बताउँदै उनले अरु कुनै पनि पार्टीले कम्युनिस्ट र कांग्रेसको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने र राप्रपा नै वैकल्पिक शक्ति बन्ने विश्वास व्यक्त गरे ।