समाचार संकलन तथा सम्प्रेषण गर्दा सावधानी अपनाउन पत्रकारहरुलाई आग्रह


हरेकपल March 10, 2020

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार संकलन तथा सम्प्रेषण गर्दा सावधानी अपनाउन पत्रकारहरुलाई आग्रह गरेको छ। विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिन–१९०) को उच्च जोखिममा नेपाल समेत रहेको भन्दै भनेको छ, ‘जनतालाई सुसूचित गर्ने सम्बैधानिक दायित्व बोकेका पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको छ।’

साथै, पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन महासंघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसँग छलफल गरी आवश्यक कार्य अघि बढाएको जनाएको छ। महासंघ सञ्चार प्रतिष्ठानहरुलाई पनि कार्य स्थलमा खटिने पत्रकारहरुका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न पनि आग्रह गरेको छ।

साथै, कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्नसमेत महासंघले विशेष आग्रह गरेको छ।
महासंघले यस्तो परिस्थितिमा समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारले अपनाउनु पर्ने विधिका बारेमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तयार पारेको मापदण्ड सञ्चारगृह र पत्रकारहरुलाई उपलब्ध गराउने तयारी गरिरहेको जानकारी गराएको छ।

पत्रकारलाई पूर्वसतर्कता अपनाउन महासंघकाे आब्हान

मिति :२०७६।११।२७
विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिन–१९०) को उच्च जोखिममा नेपाल समेत रहेको विदितै छ । जनतालाई सुसूचित गर्ने सम्बैधानिक दायित्व बोकेका पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको छ । पत्रकारलाई पूर्वसतर्कता अपनाउन महासंघ आब्हान गर्दछ ।

साथै, पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन महासंघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसंग छलफल गरी आवश्यक कार्य अघि बढाएको छ । महासंघ सञ्चार प्रतिष्ठानहरुलाई पनि कार्य स्थलमा खटिने पत्रकारहरुका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गर्दछ ।

साथै, कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न महासंघ विशेष आग्रह गर्दछ ।

यस्तो परिस्थितिमा समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारले अपनाउनु पर्ने विधिका बारेमा विश्व स्वास्थ्य संगठन (WHO) ले तयार पारेको मापदण्ड सञ्चारगृह र पत्रकारहरुलाई उपलब्ध गराउने तयारी महासंघले गरिरहेको जानकारी गराउँदछौं ।
………………..
रमेश विष्ट
महासचिव