पूर्वसञ्चारमन्त्री बास्कोटाको घर नजिकै बम विष्फोट


हरेकपल March 11, 2020

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घर नजिकै बम विष्फोट भएको छ । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खुला स्थानमा बुधबार बिहान विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन ।

घटनास्थलमा प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ ।