सिनास कलेजका कक्षा १२ का विद्याार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न


हरेकपल March 11, 2020

काठमाडौँ,२८ फागुन । कलेज अफ नेशनल एकेडेमिक स्क्वायर (सिनास) कलेज कोटेश्वरमा आज कक्षा १२ मा अध्यायनरत बिद्यार्थीहरुलाई बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । । सो कार्यक्रममा कलेजका निर्देशक मनकाजी श्रेष्ठले कक्षा ११ र १२ मा अध्यायनरत बिद्यार्थीहरुको बैशाखमा हुन लागेको फाइनल परिक्षाको लागि शुुभकामना व्यक्त गर्नुुकासाथै विद्यार्थीहरुको लागि उज्वल भविश्यको कामना समेत गर्नुुभयोे । निर्देशक श्रेष्ठले विभिन्न चुुनौतिका बाबजुुदपनि कलेजलाई यँहा सम्म ल्याउनको लागि निकै ठुुुलो योगदान पुुर्याउनुु भएको छ ।


यसै गरि कलेजका व्यबस्थापन संयोजक नरेन्द्र खनालले परिक्षाको शुु्भकामना दिदै कलेजमा अध्यायनका क्रममा भएका नकरात्मक कुुराहरुलाई बिर्सिएर सबैले राम्रो कुुराहरुमात्र सम्झनुु पर्ने बताउनुुभयो । सो अवसरमा बोल्दै उँहाले विद्यार्थीमा भएको क्षमता उजागर गर्न अब नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्ने बताउनुुभयो त्यस्तै उहाँले कक्षा १२ को परिक्षा सकिएपछि पनि स्नातक तहका लागि सम्पूूर्ण बिद्यार्थीहरुलाई सिनास कलेजमा नै अध्यायनको लागि ढोका सधै खुुला रहने बताउदै प्लस टुु यहि कलेजमा अध्यायन गरेर स्नातक तह यहि कलेजमा अध्यायन गर्ने आफ्ना बिद्यार्थीहरुलाई बिशेष छुुट समेत दिइने कुुरा बताउनुुभयो ।


कलेजका उप प्राध्यापक फणीन्द्र फुयालले अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई कलेजले विदाई गर्ने औपचारिक कार्यक्रम भएतापनि उच्च तहकोे अभ्ययन र शैक्षिक परामर्शका लागि सबै विद्यार्थीहरुलाई कलेजको ढोका सधैँ खुला रहेको बताए । साथै उनले विद्यार्थीहरुलाई आगामी परीक्षाको सफलताको लागि शुभकामना पनि ब्यक्त गरे ।


यसै गरि उपप्राध्यापकहरु सुुशिला ढकाल, रमिता मानन्धर, क्याम्पस प्रशासक डम्वर कुुमार पौडेल लगायतले बिद्यार्थीहरुलाई शुुभकामना दिनुुभएको थियो ।
कलेजकी उपप्राध्यापक सुुशिला ढकालले बिद्यार्थीहरुलाई टिका र खादा लगाई बिदाई गर्नुुभएको थियो । यस क्रममा बिद्यार्थीहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत गरेका थिए ।