आज बिहीवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७६ फाल्गुन २९ गते


हरेकपल March 12, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल फाल्गुन महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको १२ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको तृतीया तिथि बेलुका ४।४६ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । चित्रा नक्षत्र राति ९।५ बजेसम्म रहनेछन् । यसैगरी आज बृद्धि योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।१९ मा छ भने सूर्यास्त बेलुका ६।१० बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।


आज बिहीवार दुर्गा भगवतीको उपासना लाभदायी रहनेछ । यसैगरी आज दिवा ४।४६ बजेसम्म भद्रा पनि रहनेछन् ।