‘हिन्दु राजनीतिक विचारधारा’ पुस्तक लोकार्पण हुँदै


हरेकपल March 11, 2020


फागुन २८, काठमाडौँ ।
नेपाल संस्कृत विश्वविद्याल, वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. लालमणि पाण्डेयद्वारा लिखित पुस्तक ‘हिन्दु राजनीतिक विचारधारा’ २०७६ फागुन २९ गते विमोचन हुने भएको छ ।
नेसंवि वाल्मीकि विद्यापीठ राजनीतिशास्त्र विभागका विभागाध्यक्ष प्रा. पुरुषोत्तम दाहालको भूमिका रहेको पुस्तक सोही विभागले नै प्रकाशनमा ल्याएको हो ।


पौरस्त्य दर्शन अन्तर्गत पनि हिन्दूराज्य व्यवस्थाका बारेमा प्रस्तुत पुस्तक केन्द्रित रहेको छ । प्राचीन हिन्दू राजनीतिक चिन्तनका साथै मनु र कौटिल्यका विचारधारा पुस्तकमा विशेष रूपमा प्रस्तुत गरिएका छन् ।


विमोचन कार्यक्रम २०७६ फागुन २९ गते दिनको १ः३० बजे हुने विभागले जनाएको छ ।