प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा अस्पतालबाट डिस्चार्ज


हरेकपल March 11, 2020

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

बुधबार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले यसबारे जानकारी गराएका छन् । बुधबार ट्विट गर्दै उनले समीक्षा डिस्चार्ज भएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओली र समीक्षाबीच दिउँसो ३ बजे भेटघाट गराइएको थियो । भेटमा समीक्षाले प्रधानमन्त्रीलाई ‘कस्तो छ मामा ?’ भनेर सोधेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । जवाफमा ओलीले आफू निको हुँदै गएको र मिर्गौला दान गरेकोमा धन्यवाद दिएका थिए ।

समीक्षा संग्रौला शिक्षण अस्पतालबाट डिस्चार्ज भएकाे जानकारी दिँदै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटमा लेखेका छन्– सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला दाता भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना ।