कोरोना भाइरसबाट बच्न निशुल्क स्वास्थ्य शिविर संचालन

हरेकपल March 12, 2020

काठमाडौँ, २९ फागुन । चीनबाट शुरु भई विश्वभरी फैलिसकेको कोरोना भाइरसबाट बच्न ठमेल पर्यटन विकास परिषद् ज्याठा उपसमितिले नेपालको प्रमुख पर्यटनको केन्द्र ठमेलमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

बुधबार ग्राण्डी सिटी हस्पिटलको सहयोगमा ठमेल पर्यटन विकास परिषद् ज्याठा उपसमितिले आयोजना गरेको शिविरमा दुई सय भन्दा धेरै विरामीहरुको स्वास्थ्य परीक्षण गरिएको समितिका सदस्य नरबहादुर कटवालले जानकारी दिए ।

कोरोना भाइरसको सन्त्राससंगै व्यवसायमा परेको असरलाई विशेष ध्यानमा राखेर जनचेतना मूलक स्वास्थ्य शिविर संचालन गरिएको कटवालले बताए । चीनबाट कोरोना भइरस फैलिए सँगै ठमेलका व्यवसायीहरु गम्भिर आर्थिक संकटमा पर्दै गएका छन् ।

कोरोना भाइरसबाट बच्न निशुल्क स्वास्थ्य शिविर संचालन चीनबाट शुरु भई विश्वभरी फैलिसकेको कोरोना भाइरसबाट बच्न ठमेल पर्यटन विकास परिषद् ज्याठा उपसमितिले नेपालको प्रमुख पर्यटनको केन्द्र ठमेलमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।