‘हिन्दु राजनीतिक विचारधारा’ पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न


हरेकपल March 12, 2020


फागुन २९, काठमाडौँ ।
नेपाल संस्कृत विश्वविद्याल, वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. लालमणि पाण्डेयद्वारा लिखित ‘हिन्दु राजनीतिक विचारधारा’ पुस्तक आज एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।


उक्त कार्यक्रमा मन्तव्य राख्दै प्रमुख अतिथि एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति माधवराज गौतमले विद्याको क्षेत्रमा कुनै विभेद नरहेको धारण व्यक्त गर्नुभयो । यसैगरी प्राच्य राजनीतिमा दण्डनीतिको अधिक प्रयोग भएको मन्तव्य कार्यक्रमका विशिष्ट अतिथि प्रा. अमिर पाण्डेले राख्नु भयो । यसैगरी पुस्तकका लेखक सहप्रा. डा. लालमणि पाण्डेयले प्राच्य हिन्दूराजनैतिक व्यवस्था प्रजा अनुकूल चल्ने भएकाले लोकतान्त्रिक रहेको चर्चा गर्दै पुस्तक लेखन एवं प्रकाशन कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण माहानुभावलाई धान्यवाद ज्ञापन गर्नुभयो ।

सभाध्यक्षको मन्तव्य राख्दै वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालले प्राच्य राजनीतिशास्त्रलाई नेसंविको पाठ्यक्रममा समेत समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेसंवि प्राध्यापक संघका सभापति शम्भुराज गौतम, नेसंवि प्राध्यापक संघ एकाइ समिति वाल्मीकि विद्यापीठका अध्यक्ष देवमणि भट्टराई, वाल्मीक विद्यापीठका प्राचार्य गणेश घिमिरे, प्राध्यापक अमिरपाण्डे लगायताका विशिष्ट व्यक्तित्वको समुपस्थिति रहेको थियो । यसैगरी डा. जनकराज भट्टले पुस्तको समीक्षात्मक चर्चा गनुभएको थियो ।

कार्यक्रमको सहजीकरण सहप्रा. डा भेषराज अर्यालले गर्नुभएको थियो ।