क्षणशः कणशश्चैव विद्यामर्थं च साधयेत् ।
क्षणत्यागे कुतो विद्या कणत्यागे कुतो धनम् ? – संस्कृत सुभाषितम्
क्षण अर्थात् समयको सदुपयोग गरी विद्या र कणको सदुपयोग गरी धन कमाउन सकिन्छ । समय खेर फाल्नेले विद्या र कण त्याग्नेले धन कमाउन सक्दैनन् ।
क्षण र कणको महिमा विशिष्ट रहेको छ । क्षण भनेको समय हो । समयलाई वेवास्ता गरे विद्या आर्जन गर्न कठिन हुन्छ । पढाइलाई राम्रो बनाउन समयको अधिकतम सदुपयोग गर्नु पर्दछ । तब मात्र विद्यामा सफलता हात पार्न सकिन्छ भनिएको छ ।
समय भनेको वगेको खोलाजस्तै हो । जसरी वगेको खोला फर्किदैन त्यसैगरी वितेको समय पनि पुनः पप्त गर्न गाह्रो । समयले नै ज्ञानका अनेकौँ ढोका खुल्न सक्दछन् । समयलाई चिन्न र सही सदुपयोग गर्न सकिएन भने पढाइमा अब्ब बन्न सकिँदैन ।
यसैगरी कण अर्थात् सानो बस्तु भनेर हेला गर्ने व्यक्तिले धन कमाउन सक्दैनन् । सानो वसतु पनि मूल्यवान् ठान्ने व्यक्तिलेमात्र धन कमाउन सक्दछन् । सनातिना कुरामा वास्ता नगर्ने व्यक्तिले धनलाई बढाउन सक्दैनन् । हरेक वस्तुको कण कणमा धन अन्तर्निहित रहेको हुन्छ । त्यो कणमा रहेको धनलाई संग्रहित गर्न सक्ने व्यक्ति नै धनी बन्न सक्छन् । सानो बस्तुको केही अर्थ हुँदैन भन्ने व्यक्ति कहिल्यै धनी हुन सक्दैन । त्यो सानो बस्तु पनि धन कमाउन ठुलो साधन बन्न सक्छ । धनका मालिक कुवेरले पनि तोरीका गेडा संकलन गरको कथा त प्रसिद्ध नै छ ।
अतः क्षण त्याग्नेले विद्या र कण त्याग्नेले धन कमाउन सक्दैनन् भन्ने नीति वचन मननीय छ ।