फुटबलस्टार क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा


हरेकपल March 12, 2020

एजेन्सी, २९ फागुन । युभेन्ट्सका फुटबलस्टार क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा छन् । इटालियन सिरी ए क्लब युभेन्ट्सका डिफेन्डर डेनिएललाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनी पनि क्वारेन्टाइनमा गएका हुन् ।

रोनाल्डो डेनिएललाई कोरोना भाइरसको संक्रमण देखिएको समयदेखि इटालिबाट बाहिर गएका छैनन् । पोर्चुगली स्टार खेलाडी आफ्ना टिम मेट डेनिएलसँगै इन्टर मिलानको खेल पछिको सेलिब्रेसनमा थिए ।

युभेन्ट्सले आइतबार इन्टर मिलानसँग बन्द रंगशालामा प्रतियोगितामा सबैभन्दा महत्त्वपूर्ण खेल खेलेको थियो ।