कोरोना भाइरस संक्रमणको आशंकामा बुटवलमा एकजना अस्पताल भर्ना


हरेकपल March 12, 2020

बुटवल, २९ फागुन । छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस संक्रमण अर्को छिमेकी देश भारत हुँदै नेपाल भित्रिएको आशंका गरिएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबार बुटवलमा एकजनालाई अस्पतालमा भर्ना गरिएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार २१ वर्षका एक युवकलाई अस्पतालको आइसोलेसनमा राखिएको हो ।

ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएको डा। थापाले बताएका छन् । तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी रहेको उनको भनाइ छ । शुक्रबार नमुना परीक्षणका लागि उनलाई काठमाडौं पठाउने तयारी रहेको उनले बताए ।