काठमाडौं, ३० फागुन । भारतमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सले जनाएको छ। इकोनोमिक टाइम्सका अनुसार कोरोनाबाट कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको मंगलबार निधन भएको हो।
कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारी डा। सुरेश शास्त्रीका अनुसार मृतक व्यक्ति तेलांगनाको निजी अस्पतालमा भर्ना भएका थिए। तेलांगना सरकारले पनि उनमा कोरोना भएको पुष्टि गरेको छ।
कोरोनाका कारण मृत्यु पुष्टि भएको भारतमा यो नै पहिलो घटना हो। योबाहेक कर्नाटकमा पाँच जना संक्रमित भेटिएका छन्।
भारतमा ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।