क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफीलाई पनि कोरोना संक्रमण


हरेकपल March 13, 2020

काठमाडौं, ३० फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफीलाई पनि कोरोना संक्रमण भएको छ। बेलायतमा आयोजित एक कार्यक्रमबाट फर्किएलगत्तै सोफी रुघाखोकीबाट ग्रसित बनेकी थिइन्। त्यसलगत्तै गरिएको परीक्षणमा उनमा कोरोनाको संक्रमण देखिएको हो।

पत्नीलाई कोरोना भएपछि प्रधानमन्त्री जस्टिन पनि घरमै क्वारेन्टाइनमा बसेका छन्।

प्रधानमन्त्रीका सञ्चार निर्देशकका अनुसार अहिले सोफी सामान्य अवस्थामा छिन्। उनीहरु आफ्नै घरमा चिकित्सकको निगरानीमा छन्। उनीहरु १४ दिन क्वारेन्टाइनमै बस्नेछन्।