प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने


हरेकपल March 13, 2020

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको १० दिनपछि आज साँझ डिस्चार्ज गरिने भएको छ। प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कनेछन्।

प्रधानमन्त्री ओलीले पूर्ण स्वास्थ्यलाभ गरिसकेकोले आज डिस्चार्ज गर्न लागिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् । प्रधामन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए।

उनको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको पहिलोपटक १२ वर्ष अगाडि भारतको एपोल अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।