साथी


हरेकपल March 13, 2020

सानो छोराले भन्यो–
मलाई खेल्ने साथी चाहियो

बाबुले खोजेर ल्याइदियो ।

अलिपछि
पढ्ने साथी चाहियो भन्यो

त्यो पनि ल्याइदियो ।

छोरो जवान भयो
उसका ओठमाथि जुँगा पलायो
फेरि साथी चाहियो भन्यो

बिहे गरिदियो ।

मर्ने बेलामा कोही चाहिएन
एक्लै गयो ।