आज चैत्रसङ्क्रान्ति, महिमासहित हेर्नुहोस् २०७६ चैत्र १ गते


हरेकपल March 14, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको १ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको १४ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको पञ्चमी तिथि दिवा १२।३० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । विशाखा नक्षत्र बेलुका ६।२० बजेसम्म रहनेछन् । यसैगरी आज हर्षण योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ६।१६ मा छ भने सूर्यास्त बेलुका ६।११ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् ।


आज चैत्र महिनाको संक्रान्ति हो । आजबाट सूर्य मीनराशिमा प्रवेश गरेसँगै वसन्तऋतुको पनि आरम्भ भएको छ ।