चिन्ता किन लिनु हुँदैन ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 14, 2020

चिन्तया जायते दुःखं नान्यथेहेति निश्चयी ।
तया हीनः सुखी शान्तः सर्वत्र गलितस्पृहः ।।
– गीता

चिन्ताले नै दुःख उत्पन्न हुन्छ । अतः निश्चिन्त रही सुखी बन्नु पर्दछ ।


भगवान् श्रीकृष्णले चिन्तालाई दुःखको कारण बताउनुभएको छ । जबसम्म मान्छेका मनमा चिन्ता रहिरहन्छ तबसम्मा उसको जीवनमा सुख र शान्ति प्राप्त हुन सक्दैन । जीवनलाई सुन्दर र सुखी बनाउन सर्वप्रथम निश्चिन्त रहन सक्नु पर्दछ भनिएको छ ।


‘चिन्ताले चिता पुर्याउँछ’ भन्ने उखान त सर्वविदित नै छ । हामीले जति चिन्ता लिए पनि जे हुनु छ त्यो भएर नै छोड्छ । किनकि हाम्रा हातमा केही पनि छैन । त्यसैले आफ्नो वशभन्दा पर रहने कुरामा चिन्ता लिनुहुँदैन भनिएको हो । किनकि चिन्ताले नै दुःख निम्त्याउने गर्दछ ।
जबसम्म हाम्रो चित्त स्थिर रहँनसक्दैन तबसम्म मनमा अनेकाँै विकारले वास गरिरहेका हुन्छन् । स्थिर भएर सोच विचार गरी जीवनमा अघि बढ्न सक्नु पर्दछ । चिन्ता लिनु व्यर्थ हो । अतः चिन्ताले अशान्तिको आगो लगाउने भएकाले निश्चिन्त बन्न सक्नुपर्दछ भन्ने गीताको नीति वचन मननीय छ ।