कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएका चारैजनाको नतिजा नेगेटिभ


हरेकपल March 13, 2020

काठमाडौं, ३० फागुन । कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएर कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ ।

टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार शुक्रबार आएको नतिजामा उनीहरु कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरिएको छ ।

ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि उनीहरुलाई दुई दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना संक्रमण भेटिएको छ । त्यसयता चार सयभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन ।