अनेरास्ववियुका नेता राईले साथीकी बहिनीलाई बलात्कार गरेको पुष्टि, ८ वर्ष कैद सजाय


हरेकपल March 13, 2020

काठमाडौं, ३० फागुन ।  सत्तारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्वियुका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले बिहीबार साढे ८ वर्षको कैद सजाय सुनाएको छ ।

राई रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियुका पदाधिकारी पनि हुन् । उनले गत ११ कात्तिकमा (भाइटीकाको अघिल्लो दिन) आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेका थिए । त्यसको केही दिनमा पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । 

राईले आफूलाई देउसीभैलो खेल्न आउनू भनेर बोलाएको र मोटरसाइकलमा माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडित युवतीले बताएकी थिइन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई कैद सजायसहित एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तोकेको छ । सो क्षतिपूर्ति उनले पीडितलाई दिनुपर्ने गरी फैसला भएको हो ।