चर्चित साहित्यकार प्रा.डा. डिपी भण्डारीको निधन


हरेकपल March 14, 2020

काठमाडौं, १ चैत । डिपी भण्डारीको नामले चर्चित साहित्यकार डा. दुर्गाप्रसाद भण्डारीको निधन भएको छ । भण्डारीको शनिबार दिउँसो साँढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

बौद्धिक लेखन र प्राध्यापन पेसालाई एकसाथ अघि बढाउँदै आएका भण्डारी सन् १९३६ मा डोटीको निरौला गाउँमा जन्मिएका थिए ।

भण्डारीले चार दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । भण्डारी नेपाल प्राध्यापक संघका पूर्वसभापति पनि थिए ।

चर्चित निबन्धसंग्रह ‘मृगस्थली’का लेखक भण्डारी केही वर्षयता शारिरीक समस्यामा थिए । उनमा विस्मृतिको समस्या पनि थियो ।