आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७६ चैत्र २ गते


हरेकपल March 15, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको २ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको १५ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको षष्ठी तिथि दिवा १०।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । अनुराधा नक्षत्र बेलुका ५।२१ बजेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।१५ मा छ भने सूर्यास्त बेलुका ६।१२ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।


आज चैत्र महिनाको संक्रान्ति हो । आजबाट सूर्य मीन राशिमा प्रवेश गरेसँगै वसन्तऋतुको पनि आरम्भ भएको छ ।