जीवनमा कस्ता कुरा सधैँ विचार गर्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 15, 2020

कः कालः कानि मित्राणि को देशः को व्ययागमोः ।
कस्याहं का च मे शक्तिरिति चिन्त्यं मुहुर्मुहुः ।।
– चाणकय


जीवनलाई सही गतिमा अघि बढाउन, समय कस्तो छ ? को मित्र हो ? शत्रु को हो ? ठाँउ कस्तो छ ? आमदानी कति हुन्छ ? खर्च कति छ ? को कति शक्तिशाली छ र आफ्नो कति शक्ति छ भन्ने कुरा सधैँ सोच विचार गर्नु पर्दछ ।

जीवनलाई उन्नतिको शिखरमा लैजान थुप्रै कुराको विचार गर्नुपर्छ भन्ने चाणक्यको मत रहेको छ । सर्वप्रथम समयको ज्ञान हुनु अनवश्यक छ । अर्थात् समय कस्तो छ भन्ने कुराको ज्ञान गरी समयअनुसार चल्न सक्नु पर्दछ । समयअनुसार चल्नसक्ने वयक्तिले नै जीवनमा सफलता हातपार्न सक्छन् ।


यसैगरी आफ्ना सहयोगी को कति र कस्ता छन् अनि शत्रु के कस्ता छन् भन्ने कुराको पनि नियमित रूपमा हेक्का राख्ने गर्नुपर्दछ । शत्रुपक्षबाट मात्र सुरक्षित छु भन्दैमा सबै सुरक्षित हुन सकिँदैन । अतः आफन्तबाट पनि सचेत रहनसक्नुपर्दछ ।


यसैगरी आफू बसेको ठाँउ कस्तो छ भन्ने कुराको बारेमा पनि नित्य अवगत हुनु अवाश्यक छ । स्थानको सही ज्ञान हुन सकेन र सो अनुसार चलन सकिएन भने पनि हाम्रो उन्नति असम्भव छ ।
यसैगरी आमदानी र खर्चको अवस्थाका बारेमा पनि सदा चिन्तित रहनसक्नुपर्दछ । आय भन्दा व्ययको भार बढी हुँदा जीवन असहज बन्दै जान्छ । अतः आमदानी एवं खर्चको तारतम्य मिलाउनुपर्दछ । यसैगरी अरुको शक्ति कति र आफूले गर्न सक्ने के कति सामथ्र्य छ सो को विचार गरी जीवन चलाउन सक्नु पर्दछ । जीवनमा यस्ता सधैँ विचार गरिरहनुपर्छ भन्ने चाणक्यको नीति वचन मननीय छ ।