त्रास कोरोनाको : बिरामी डेंगुका


हरेकपल March 15, 2020

काठमाडौं, चैत । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास फैलिएका बेला नेपालमा भने डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो साढे दुई महिनाको अवधिमा ३६ बिरामी फेला परेका हुन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार पाँच प्रदेशमा डेंगुका ३६ बिरामी फेला परेका हुन्। पाण्डेका अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा डेंगुका बिरामी फेला परेका हुन्।

डा। पाण्डेका अनुसार डेंगुका सबैभन्दा धेरै बिरामी रुपन्देहीमा ११ जना फेला परेका छन्। उनका अनुसार काठमाडौं, ललितपुर र मोरङ जिल्लामा तीनरतीन गरेर ९ जना बिरामी भेटिएका छन्। महाशाखाका अनुसार प्रदेशगत रुपमा सबैभन्दा बढी ५ नम्बर प्रदेशमा १४ बिरामी भेटिएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्याण्ट डा। अनुप बास्तोलाले डेंगुको संक्रमण बढ्न सक्ने बताए।