कोरोना विरुद्ध प्रहरीको जनचेतनामूलक अभियान


हरेकपल March 15, 2020

रामेछाप । विश्व बजारलाईनै आतंकित बनाएको कोरोना भाइरस बिरुद्ध नेपाल प्रहरीले जनचेतनामूलक कार्यक्रम अघि बढाएको छ । जस अन्र्तगत बाग्मति प्रदेश प्रहरी कार्यालयले रामेछापको सदरमुकाम मन्थलीमा पनि सरोकारवालाहरुको रोहबरमा हिजो एक अन्र्तक्रिया कार्यक्रम समपन्न गरेको छ । प्रदेशका सबै जिल्लाहरुमा अभियानलाई क्रमश तिब्र बनाउने जानकारी समेत सो अवसरमा गराईएको थियो । कार्यक्रका असररमा संभावित भाइरसको संक्रमण बाट बच्ने उपाय र त्यसको रोकथामका बारेमा समेत छलफल गरिएको थियो ।


कार्यक्रमको अगुवाई बागमीप्रदेशका निमित्तप्रहरी प्रमुख एसएसपीकिशोर कुमार दाहालले गरेका थिए । ँसामुदायिकप्रहरी साझेदारी कार्यक्रमअन्तर्गच कोरोना भाइरसबाट बच्ने उपाय,लागु पदार्थ दुब्र्यसनीको न्यूनिकरण, महिला हिंसा न्युनिकरण लगायतका जनचेतना मूलक कार्यक्रम लिएर मन्थली आईपुगेका हुन् ।


रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एसएसपी दाहालले प्रहरीले समुदायमा गर्ने कामको बारमा जानकारी दिँदै सामुदायिकप्रहरी साझेदारी अन्तर्गत कोरोना भाइरस के हो कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा भिडियो सामाग्री प्रस्तुत गरेका थिए । त्यसैगरी प्रहरिको तथ्यांक अनुसार कुल दुब्यसनि मध्य कक्षा १२ मा अध्ययन गर्ने कुलबिद्यार्थीको ३३ प्रतिशतबिद्यार्थीहरु लागुपदार्थ दुब्र्यसनीमा फसेको भन्दै यसलाई रोकथामको उपाय साथै महिला हिंसा कसरी हुन्छ र रोकथामको लागि के गर्न सकिन्छ भन्ने जस्ता सन्देश दिने बृत्त चित्रहरु समेत प्रदर्शन गरिएको थियो ।


त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकाप्रमुख प्रेम बहादुर खड्काले प्रहरीले ल्याएको यस किसिमको कार्याक्रमले समाजमाभईरहेका विभेद र हिसां न्यूनिकरणमा सहयोग पुग्नुका साथै विश्वमा महामारीको रुपमा छाएको कोरोना विरुद्धका् अभियान लाई रोक्न पनि सहयोग पुग्ने विश्वास ब्यक्त गरे । कार्यक्रमकी अध्यक्ष प्रमुखजिल्लाअधिकारी रुद्रादेवीशर्माले प्रहरीले चलाएको अभियानलाई स्थानिय सरकार संग जोडेर लैजान सकै यसले समाजमाभईरहेका विभेद र हिसां न्यूनिकरणमा समेत सहयोग पुग्ने धारणा राखेकि थिईन् । उनले सामुदायिकप्रहरी साझेदारी कार्यक्रलाइ पनि कोरोना भाइरस के हो र यसको लागि नियन्त्रण संवन्धि जन चेतनाका कार्यक्रम संग संगै लैजानु पर्ने विचार पनि ब्यक्त गरिन् ।


कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल र महिलाअधिकारकर्मी गंगाकार्कीले यस किसिमका कार्यक्रम अन्र्तगत प्रहरी अभियान सहित गाउँ–गाउँमा जानु पर्ने जरुरी रहेको बताएका छन् । अभियानमा स्थानीय हरुलाई समेत सहभागि गराउने गरि काम गर्न सके त्यसले स्वस्थ र सभ्य समाजनिर्माणमा ठूलो सहयोग पुग्ने उनीहरुको भनाई रहेको छ । दोलखा, सिन्धुपाल्चोक काभ्रे जिल्लामा वाहेक रामेछाप सहित बागमतीप्रदेशका अधिकांस जिल्लाहरुमा यस्ता कार्यक्रम भैसकेको जानकारी पनि सो अबसरमा गराईएको थियो ।